शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड ड्रगले भरिएको छैन, हामी पनि गल्ती गर्छौँ, बच्चा सम्झेर माफी दिनुहोला : सुनिल शेट्टी

बुधबार, १५ असार २०७९, १० : ५४
बुधबार, १५ असार २०७९

बलिउडमा समय समयमा ड्रग्सको मुद्दा उठ्ने गरेको छ । भर्खरै सुनिल शेट्टीले ‘अन्तर्राष्ट्रिय दिवस अगेन्स्ट ड्रग एब्यूज एन्ड इलिसिट ट्राफिकिङ’ कार्यक्रममा भाग भएका थिए उनले यो मञ्चमा बलिउडमा लागुऔषध बारे कुरा गरे र स्टार किड्सको बचाउ गरे । उनले बालबच्चाबाट गल्ती हुने गरेको पनि बताए ।

वास्तवमा दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि यो मुद्दा सधैं उठ्दै आएको छ । ‘बाइकट बलिउड’ जस्ता ह्यासट्यागहरू पनि सामाजिक सञ्जालमा ट्रेन्डिङ हुने गर्छन् । यसअघि शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज ड्रग्स मुद्दामा प्रहरीले पक्राउ गरेको थियो । यस्तै,  हालै शक्ति कपूरका छोरा सिद्धान्त कपूरलाई बैंगलोर प्रहरीले पक्राउ गरेको थियो । यद्यपी आर्यनले यस मुद्दामा क्लिन चिट पाएका छन् ।

यहाँ सबै ड्रगिस्ट छैनन् : सुनिल

सुनिल शेट्टी सीबीआईको कार्यक्रममा पुगेर बलिउड र ड्रग्सबारे कुराकानी गर्दै भनेका छन्, ‘एकजनाले गल्ती गर्छन् तर भन्ने बेलामा सबैजना चोर हुन्, लुटपाट गर्छन् तर वास्तवमा यस्तो होइन । म यो उद्योगमा पछिल्लो ३० वर्षदेखि काम गरिरहेकी छु र यहाँ मेरा ३०० भन्दा बढी साथी छन् । उनीहरुले आफ्नो जीवनमा कहिल्यै पनि केही गरेनन् । बलिउड भित्र सबैले ड्रग्स लिन्छन् भन्ने छैन । गल्ती हामी पनि गर्छौँ, तर बच्चा सोचेर माफी दिनुहोला । बलिउड उद्योग ड्रग्सले भरिएको छैन । यहाँ सबै ड्रगिस्ट छैनन् ।’

सुनिल शेट्टीको करियर

सुनिलले सन् १९९२ मा ३१ वर्षको उमेरमा फिल्म बलवानबाट बलिउडमा डेब्यू गरेका थिए । यस फिल्ममा उनीसँगै दिव्या भारती देखिएकी थिइन् । सुनिललाई बलिउडका ‘अन्ना’ भनिन्छ । उनले चलचित्रमा नायकसँगै खलनायकको भूमिका पनि निर्वाह गरेका छन् । सुनिलले फिल्म धडकनका लागि बेस्ट खलनायकको फिल्मफेयर अवार्ड पनि पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप