
अन्ततः टर्कीले फिनल्याण्ड र स्वीडेनको नेटो सदस्यताविरुद्ध लगाएको भिटो फिर्ता लियो
एजेन्सी । नेटोको सदस्य मुलुक टर्कीले यसअघि फिनल्याण्ड र स्वीडेनको सदस्यताविरुद्ध प्रयोग गरेको भिटो फिर्ता लिएको छ । तीन मुलुकले मंगलबार एकअर्काको सुरक्षा संरक्षण गर्ने सहमति जनाएपछि टर्कीले आफ्नो विरोध फिर्ता गरेको हो ।
म्याड्रिडमा नेटोको सम्मेलनअघि तीन मुलुकका नेताबीच चार घण्टा लामो बैठकपछि यो ऐतिहासिक सहमति भएको हो । टर्कीले भिटो फिर्ता गरेपछि हेलसिन्की र स्टकहोमले सैन्य गठबन्धनमा सहभागी हुन दिएको निवेदन अब अघि बढ्नेछ ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि लामो समय तटस्थ रहेका नर्डिक मुलुक स्वीडेन र नर्वेले नेटोको सुरक्षा खोजेका थिए । नेटाको महासचिव जेन्स स्टोल्टेनवर्ग र टर्कीका राष्ट्रपतिले अलग वक्तव्य जारी गदै सहमति भएको पुष्टि गरेका छन् ।
त्यसअघि नेटाका प्रमुख, टर्कीका राष्ट्रपति रिसेप तयिप एर्दोगान, स्वीडिस प्रधानमन्त्री नगदालेना एन्डरसन र फिनिस राष्ट्रपति साउली नीनिस्तोबीच वार्ता भएको थियो ।
सम्झौताका सर्त
स्टोलटेनवर्गका अनुसार तीन मुलुकबीच भएको सहमतिमा स्वीडेनले टर्की सुपुरदगीको मागलाई तीव्र बनाउने र अंकाराले खतरा मानेका पक्षविरुद्ध कठोर हुने गरी स्वीडिस तथा फिनिस कानुन संशोधन गर्ने रहेको बताए ।
सहमति अनुसार स्वीडेन र फिनल्याण्डले यसअघि टर्कीमाथि लगाएको हतियार विक्रीको प्रतिबन्ध पनि खुलाउनेछ । टर्कीले पहिलेदेखि स्वीडेनमाथि आफूले प्रतिबन्ध लगाएको कुर्दिस्तान वर्कस पार्टी(पीकेके)का सदस्यलाई शरण दिएको आरोप लगाउँदै आएको छ ।
पीकेकेले टर्कीको पूर्वी भागलाई अलग कुर्दिस्तान राष्ट्र बनाउनु पर्ने माग राख्दै सन् १९८४ देखि टर्कीविरुद्ध सशस्त्र सङ्घर्ष लड्दै आएको छ । स्टकहोमले आरोपको खण्डन गर्दै आएको छ । स्टोलटेनवर्गका अनुसार अब नेटोका ३० सदस्याका सरकार प्रमुखले फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सहभागी हुन निमन्त्रण दिनेछन् र उनीहरू आधिकारिक ‘आमन्त्रित’ हुनेछन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ