ad
x

यी हुन् माओवादी केन्द्र प्रवेश गरेका विप्लव नेकपाका नेताहरु

person explore access_timeअसार १५, २०७९ chat_bubble_outline0

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।


पुन महाकाली ब्यूरो इन्चार्ज समेत हुन् । यस्तै पूर्व केन्द्रीय सदस्य शंकर बहादुर खड्का सेती ब्यूरो इन्चार्ज हुन् भने दलबहादुर धामी महाकाली इन्चार्ज हुन्। पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज समेत रहेका परियार हाल विशेष कमिटी सदस्य रहेका छन्। 



पार्टी प्रवेश गर्ने अन्य नेताहरुमा लक्षमण बहादुर खड्का, भुवन कुँवर, राम भट्ट, टेकराज भट्ट, इन्द्र मडेइ, ममता कुँवर, गोमा वली, गोविन्द साउत, पदम सिंह,  टिकाराम राना, भुपेस पुन, सन्दिप विक, प्रथममणि राना, सन्दिप तामाङ, युवराज पराजुली, खेम प्रदान, दीपक राना मगर, विजय राई, सुक्र राई, रुपक श्रेष्ठ लगायत रहेका छन् । 

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।