शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुखद् रहेन सेरेनाको कम्ब्याक

बुधबार, १५ असार २०७९, ०९ : ३९
बुधबार, १५ असार २०७९

सेरेना विलियम्सको हारसँगै एक वर्षपछि विम्बल्डनमा फर्कने सपना अधुरै रह्यो । सेरेना पहिलो चरणमा फ्रान्सकी हार्मोनी ट्यानसँग पराजित भएकी हुन् । 

महान् अमेरिकी टेनिस खेलाडी सेरेना गत वर्ष एक खेलमा घाइते भएकी थिइन् । जसका कारण उनी एक वर्षपछि फर्किएकी हुन् । झण्डै तीन घण्टासम्म चलेको खेलमा सेरेनाले ७-५, १-६, ७-६ ले हार बेहोर्न बाध्य भइन् । उता फ्रान्सेली खेलाडी हार्मोनी ट्यान पहिलो पटक विम्बल्डनमा खेल्दै छिन् । 

४० वर्षकी सेरेनालाई पत्रकार सम्मेलनमा ‘अन्तिम विम्बल्डन’ हो ? भनेर सोधिएको थियो । यसबारे सेरेनाले भनिन्, 'यो यस्तो प्रश्न हो जसको जवाफ मैले दिन सक्दिनँ। मलाई थाहा छैन। कसलाई थाहा म कहाँबाट अचानक राम्रो खेल्न थाल्छु।' सरिना विलियम्सले सात पटक विम्बल्डन उपाधि जितेकी छिन् । तर, गत वर्ष चोट लागेपछि सरिनाले एकल खेल खेलेकी थिइनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप