यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
बुधबार, १५ असार २०७९, ०९ : ३४
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
बुधबार रातो आलुको मूल्य प्रतिकेजी ३५ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३६५, आँप मालदह १०५ रुपैयाँ र केरा दर्जनको १३५ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ६५ रुपैयाँ, कागती १३५ रुपैयाँ, कुरिलो २२५ रुपैयाँ र लोकल गोलभेँडा ६० रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।