शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोमाञ्चक खेलमा भारत ४ रनले विजयी

बुधबार, १५ असार २०७९, ०९ : २७
बुधबार, १५ असार २०७९

दोस्रो टी-२० खेलमा आयरल्याण्डलाई ४ रनले पराजित गर्दै भारतले सिरिज २–० ले क्लीन स्वीप गरेको छ । दीपक हुडाको १०४ रन र सञ्जु सैमसनको ७७ रनको मद्दतमा भारतले ७ विकेटको क्षतिमा २ सय २५ रन बनाएको थियो । जवाफमा आयरल्यान्डको टोलीले २० ओभरमा ५ विकेट गुमाएर २२१ रन मात्र बनाउन सकेन । खेलको अन्तिम ओभरमा आयरल्याण्डलाई १७ रन चाहिएको थियो । त्यसमा उमरान मलिकले १२ रन मात्र दिए ।

आयरल्यान्डको टोलीले खेल हारेको भए पनि यसका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । यति ठूलो लक्ष्य भए पनि आयरल्याण्डको टोली खेलभर प्रतिस्पर्धामा रह्यो । कप्तान एन्डी बालबर्नीले ६०, ह्यारी टेक्टरले ३९ र जर्ज डकरेलले ३४ रन बनाए । भारतका लागि भुवनेश्वर कुमार, हर्षल पटेल, रवि बिश्नोई र उमरान मलिकले १–१ विकेट लिए ।

भारतले यो वर्षको तेस्रो टी–२० सिरिज जितेको छ । यसअघि भारतले श्रीलंका र वेस्ट इन्डिजलाई हराएको थियो । दक्षिण अफ्रिका विरुद्धको शृंखला २–२ को बराबरीमा पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप