
झापा र मोरङमा बाढी, ५ सय जना विस्थापित

अविरल वर्षासँगै आएको बाढीका कारण मोरङ र झापामा ठुलो बस्ती डुबानमा परेको छ । बाढीका कारण झापा र मोरङमा करिब ५ सय जना विस्थापित भएका प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले रातोपाटीलाई बताए ।
झापाको रतुवा खोला आसपासका बस्ती डुबानमा परेका छन् । मोरङको सिंघिया खोला र केसलिया खोलामा आएको बाढीका कारण धेरै मानिस विस्थापित भएका हुन् ।
मंगलबार मोरङको गछिया खोलामा आएको बाढीले बगाएर सुन्दर हरैंचा–६ घर भएका ५८ वर्षीय रामबहादुर बिकको मृत्यु भएको थियो ।
प्रदेश–१ मा धनकुटा, सुनसरी, मोरङ र उदयपुरमा पहिरोका कारण सड्क अवरुद्ध भएको छ । भित्रि सडकहरू अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको एसपी राईले जानकारी दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ