बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

त्रिविले कर्मचारी पाएन, यी पदमा एक जना पनि पास भएनन् (नतिजासहित)

बुधबार, १५ असार २०७९, ०८ : १७
बुधबार, १५ असार २०७९

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेवा आयोगको कर्मचारी पदपूर्तिका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । प्रकाशित नतिजा अनुसार अधिकांश पदमा कुनै पनि परीक्षार्थी उत्तिर्ण नभएको उल्लेख छ । लिखित परीक्षा पास भएकाहरुको लागि अन्तर्वार्ताको लागि अर्को सूचना प्रकाशित गरिने सेवा आयोगको कार्यालयले जनाएको छ । 

सेवा आयोगले उप प्रशासक खुलामा २ , महिला १,  आदिवासी जनजाति १ जनाका लागि परीक्षा लिएको थियो  । १२ जनाले परीक्षा दिएपनि एक जना पनि उत्तीर्ण नभएको सेवा  आयोगले जनाएको छ । 

यस्तै शाखा अधिकृत खुला २२, महिला ६ आदिवासी जनजाति ५, मधेसी ४, दलित १, अपांग १ र पिछडिएको क्षेत्र १ गरी ४० पदमा ५४२ जनाको परीक्षा लगिएको थियो । यसमा पनि परीक्षा दिएपनि एक जना पनि उत्तीर्ण नभएको सेवा  आयोगले जनाएको छ ।

सेवा आयोगले मुख्य कार्यालय सहायक खुला २४  महिला ६ आदिवासी जनजाति ५, मधेसी ४, दलित १, अपांग १ र पिछडिएको क्षेत्र १ गरी ४२ जना मागेको थियो । जसमा ७७७ जनाले परीक्षा दिएकोमा एक जना पनि पास नभएको देखिएको छ । 

आयोगले कार्यालय सहायक खुला २८  महिला ८ आदिवासी जनजाति ६, मधेसी ५, दलित २, अपांग १ र पिछडिएको क्षेत्र १ जनाका लागि परीक्षा लगेको थियो । जसमा ६७२ जनाले परीक्षा दिएका थिए । यसमा भने खुलामा ४८, महिलामा २२, आदिवासी जनजाति ६, मधेसी ५ र पिछडिएको क्षेत्र ७ जना अन्तवार्ताका लागि छनोट भएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप