शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगान भूकम्पमा मालिक गुमाएको कुकुरको हृदयविदारक तस्बिरले ट्वीट प्रयोगकर्ताको मन थामिएन

बुधबार, १५ असार २०७९, ०८ : ११
बुधबार, १५ असार २०७९

अफगानिस्तानमा गत साता गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । भूकम्पको भग्नावशेषमा पुरिएका मानिसहरुको उद्धार कार्य जारी छ । भूकम्पले मानिस मात्र होइन, घरपालुवा जनावरलाई पनि ठूलो असर गरेको छ । 

भत्किएको घरकोबीचमा उभिएको एउटा कुकुरको तस्बीर एक प्रयोगकर्ताले  ट्वीटरमा पोस्ट गरेपछि सहानुभूतिको वर्षा भएको छ । समिरा एसआरद्वारा पोस्ट गरिएको यस तस्बीरले विनाशकारी भूकम्प पछिको दृश्य देखाउँछ ।

‘यो कुकुरको घरमा भएका प्रत्येक व्यक्ति भूकम्पमा मारिएका थिए। उसलाई खुवाउन र पाल्नका लागि छिमेकीहरूले आफूसँगै लिएर गएका थिए । तर, ऊ बारम्बार भत्किएको घरमा फर्केर रुन थाल्छ’, तस्बीरको क्याप्सनमा लेखिएको छ ।

पोस्टका अनुसार यो तस्बिर पक्तिकाको गायनस्थित ओचकी गाउँमा खिचिएको हो । आफ्नो मालिकहरूको लागि खोजी गरिरहेको कुकुरको हृदयविदारक तस्वीरले ट्विटर प्रयोगकर्ताहरूले मन छुएको छ ।

तिनीहरूमध्ये धेरैले कुकुरलाई पाल्ने प्रस्ताव पनि गरेका छन् ।  एक प्रयोगकर्ताले भने, ‘हामी मानिस कुकुरको योग्य छैनौं ।’

‘आशा छ उसले पहिले जस्तै माया गर्ने र हेरचाह गर्ने मालिक भेट्टाउनेछ । अफगानिस्तानमा जे भयो त्यसबाट निराश छु । प्रभुले सबैलाई बल दिनुहुन्छ’, अर्का प्रयोगकर्ताले लेखे ।

बुधबार आएका ६ दशमलब १ म्याग्निच्युडको भूकम्पका कारण सयौँ मानिसको मृत्यु हुनुका साथै दर्जर्नौं घर भत्किएका थिए ।

भूकम्पको धक्का भारत र पाकिस्तासम्म महशुस भएको थियो । स्थानीय समयअनुसार बिहान साढे १ बजे खोस्ट सहरबाट ४४ किलोमिटर टाढा उक्त भूकम्प गएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप