राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो
चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौँको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ । चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो ।
प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ । गैँडाकोटले पाँच स्वर्ण, पाँच रजत र दुई कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।
यस्तै २३ पदकसहित भरतपुर महानगरपालिका तेस्रो भएको छ । भरतपुरले चार स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गरेको छ । प्रतियोगितामा चितवनकै माडी नगरपालिकाले सान्त्वना पुरस्कार हासिल गरेको छ । माडीले दुई स्वर्ण, चार रजत र दुई कास्य प्राप्त गरेको थियो ।
प्रतियोगितामा महिलातर्फ पर्वतको पैयुँ गाउँपालिकाकी प्रतिका थापा र पुरुषतर्फ काठमाडौँको चन्द्रागिरिका सुजल कार्की उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा सातवटै प्रदेशका करिब ३०० खेलाडी सहभागी थिए । प्रतियोगिता दुई दिनसम्म सञ्चालन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै