ad
x

राप्रपा नेपालले कर्णाली प्रदेशको सुर्खेतमा अन्तरक्रिया गर्ने

person explore access_timeअसार १५, २०७९ chat_bubble_outline0

राप्रपा नेपालले कर्णाली प्रदेशको सुर्खेतमा अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ । प्रदेशको राजधानीहरूमा कार्यक्रम गरिने तय भए अनुसार यस अघि, हेटौंडा, बिराटनगर, जनकपुर, बुटवल पोखरा र धनगढीमा कार्यक्रम सम्पन्न भैसकेका छन् ।  


भोलि असार १६ गते सुर्खेतमा कार्यक्रम आयोजना गरिन लागेको र कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रिय महासचिब जनक फडेराले जानकारी दिए । 



कार्यक्रमका निमित्त पार्टीका महामन्त्री राजाराम बर्तौला र केन्द्रिय सदस्य पुरु दाहाल सुर्खेत आइसकेका छन् । महामन्त्री बर्तौलाका अनुसार विभिन्न  बर्ग , क्षेत्र , समुदायका व्यक्तिहरुसँग पार्टी अध्यक्ष कमल थापाले अन्तरक्रिया गर्नेछन् भने प्रदेश क्षेत्र भित्रका जिल्लाका अध्यक्ष सहित प्रतिनिधिहरुको सहभागितामा छुट्टै अगुवा कार्यकर्ता भेलाको आयोजना हुनेछ ।

जहाँ थापाले प्रशिक्षण समेत दिनेछन् । कार्यक्रममा सहभागी हुन अध्यक्ष कमल थापा भोलि सुर्खेत आउने कार्यक्रम रहेको केन्द्रिय सदस्य ईश्वर श्रेष्ठले जानकारी दिए । महामन्त्री बर्तौलाले विभिन्न ६ प्रदेशमा सम्पन्न भएका कार्यक्रमबाट जनभावना बुझ्न मद्दत गरेको र पार्टीको भावी नीति, कार्यदिशा र कार्यक्रम निर्माण गर्न समेत सघाउ पुग्ने बताए । कार्यक्रमबाट प्राप्त सल्लाह ,सुझाब ,प्रतिक्रिया अनुसार पार्टीलाई  नयाँ शिराबाट अघि बढाउने नीति पार्टीले अबलम्बन गर्ने उनले बताए।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।