शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी आर्थिक वर्षमा दूधमा पाइने अनुदान वृद्धि हुन्छ : मेयर रेनु दाहाल

मङ्गलबार, १४ असार २०७९, २३ : ४३
मङ्गलबार, १४ असार २०७९

 भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी आर्थिक वर्षमा दूधमा पाइने अनुदान वृद्धि हुने बताएकी छन् । मेयर दाहालले भरतपुर महानगरपालिकाले दूधमा प्रति लिटर रु ३ रुपैयाँ अनुदान दिने कार्यक्रम एकदमै प्रभावकारी बनेको बताइन् ।
आदर्श पशुपालन तथा दूध खरिद विक्री केन्द्र भरतपुर–८ ले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन् । कृषिमा भरतपुर महानगरपालिकाले उत्पादन बढाउने र लागत घटाउने नीति लिए अनुसार यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा उत्पादनलाई प्रथामिकता दिएको जानकारी दिइन् ।

‘नीतिमा कार्यक्रममा उत्पादनलाई जोड दिएका छौ,‘उनले भनिन्,‘भरतपुरमा ठूला उद्योग कारखाना छैन । त्यस कारण उत्पादन भनेको कृषि नै हो ।’ भरतपुरको उत्पादन वृद्धि गर्न आधुनिकरण, यान्त्रीकरण, व्यवसायीकरण गर्ने दिशातर्फ विगत देखि नै केही सुरुवात भइसकेको उनको भनाई थियो ।

यसअघिको कार्यकालमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर सडकको सहज पहुँच पुगेकाले उत्पादनलाई सजिलै बजारीकरण गर्न मद्दत पुगेको मेयर दाहालले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप