शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिनावारीको पिडा सम्झेर बाथरुम गएकी युवतीले जब बच्चा जन्माइन्, नौ महिनासम्म कसरी थाहा भएन गर्भावस्था ?

मङ्गलबार, १४ असार २०७९, २३ : १८
मङ्गलबार, १४ असार २०७९

बेलायतमा विश्वविद्यालयमा अध्ययनरत एक युवती तब स्तब्ध भइन जब महिनावारीको दुखाई ठानेर वाथरुम छिर्दा उनको बच्चा जन्मियो । डेभिसलाई बच्चा रोएको आवाज नसुन्दासम्म आफू गर्भवती भएको समेत थाहा थिएन । 

आखिर नौ-नौ महिनासम्म उनले कसरी गर्भ रहेको थाहा पाइनन् ?
ब्रिस्टल निवासी डेभिसले नौ महिनासम्म गर्भावस्थाको कुनै स्पष्ट लक्षण नदेखिएको बताउँदै भनिन् ,‘ मेरो महिनावारी सधैं अनियमित हुन्थ्यो । त्यसैले लामो समय महिनावारी नहुनुलाई पहिलेजस्तै अनियमितता होला भनेर बसिरहें । गर्भवती भएँ भन्नेतर्फ ध्यानै दिएको थिइनँ ।’ 

‘मलाई कहिलेकाहीँ वाकवाकी त लागेको थियो तर मैले खान थालेको नयाँ औषधीको प्रभाव होला भनेर खासै ध्यान दिइन ,’ साउथह्याम्प्टन विश्वविद्यालयकी इतिहास र राजनीतिकी दोस्रो वर्षकी विद्यार्थी डेभिसले भनिन् ।

डेभिसले नवजात शिशुको नाम फ्रेडी ओलिभर डेभिस राखेकी छन् । जसको जन्म लाई ११ जुन, २०२२ मा साँझ ४.४५ बजे भएको थियो । बच्चा जन्मदा साढे २ किलोको थियो । डेभिसको जन्म भएको भोली पल्ट उनको २० औं जन्मोत्सव थियो । डेभिस अहिले विस्तारै उनको नयाँ मातृत्वकाे बानी पर्न थालेको बताउछिन् । 

‘मेरो बच्चाको जन्म मेरो जीवनको सबैभन्दा ठूलो आश्चर्य बनेर आयो । सुरुमा त मलाई आफू सपनामा छुजस्तो लागिरहेको थियो । बच्चा रुनथालेपछि बल्ल मलाई यथार्थको गम्भिरता महसुस भयो । अचानक अब म परिपक्व हुनुपर्छ भन्ने सोच पो हावी भयो ,’ डेभिसले भनिन् । बच्चा जन्माएको दिन डेभिस व्युझिँदा उनको पेट बेस्कन दुखिरहेको थियो । उनलाई लामो समयपछि महिनावारी भयो भन्ने लाग्यो । 

‘पेट सेकाउनको लागि हट ब्याग लिन बाहिर निस्किए । फर्किने बेला दुखाइका कारणले हिँड्न पनि नसकेर मुस्किलले कोठा आइपुगे । आएर ओछ्याउनमा पल्टिन पनि गा¥हो भयो ,’ डेभिसले भनिन् ,‘भोलिपल्ट जन्मदिन भएकाले त्यो रात पार्टी गर्ने सोच थियो । त्यसैले महिनावारीको दुखाई सहेर भए पनि नुहाउनु पर्यो भनेर उठें । तर पीडा झन् झन् बढ्दै गयो ।’ 

‘ट्वाईलेट पुगेपछि शौच आएजस्तो भए म ट्वाइलेटमा बसे । केही अड्किएजस्तो भएकाले बल लगाउन थालेँ । कुनै पनि बिन्दुमा मैले बच्चा जन्माउँदैछु भन्ने सोचेको थिइनँ । खाली बल प्रयोग गर्नुपर्छ भन्ने सोच मात्र आइरहेको थियो । एउटा बिन्दुमा केही च्यातिएको झैं महसुस गरें, तर के भएको भन्ने राम्री भेउ पाउन सकिरहेको थिइनँ । जब बच्चा रोएको सुने र त्यसपछि भने एकदम सपनाबाट बिउँझिएको भएँ ,’ डेभिसले प्रश्रव बेदनाको समयको स्मरण गर्दै भनिन् ।

के गर्ने के नगर्ने अनिश्चितमाझ कोठामा एक्लै रहेकी डेभिसले त्यसपछि आफ्नो सबैभन्दा मिल्ने साथी लिभ किंगलाई फोन गरिन् । सुरुमा किंगले साथीले पार्टी नजाने बहाना बनाएको होला भनेर सोचिन् । तर जब डेभिसले नवजात छोराको फोटो पठाइन् तब किंगले उनलाई तुरुन्त एम्बुलेन्स बोलाउन सल्लाह दिइन् । 

उनले बोलाएर आएको एम्बुलेन्सले डेभिसलाई साउथ एम्पटनस्थित प्रिन्सेस एन हस्पिटल लग्यो । अस्पतालमा डाक्टरले नवजात फ्रेडीलाई इन्क्युबेटरमा राखे । डाक्टरले बच्चा ३५ हप्तामै जन्मिएको अनुमान गरेका छन् । जन्म नाटकीय भए पनि अहिले बच्चा र आमा दुवैको अवस्था ठिक छ र उनीहरुको स्वास्थ्य सुधार भइरहेको छ ।

फ्रेडीको आगमनको खबर डेभिसकी आमालाई किगंले नै गराएकी थिइन् । सौभाग्यवश, डेभिसकी आमाले छोरी प्रसुतिप्रति सकारात्मक भइन् हजुरआमा बनेकोमा उत्साहित पनि थिइन् । ‘मेरी आमा संसारको सबैभन्दा राम्रो व्यक्ति हुन्, उनले सधैं मेरो साथ दिएकी छन्, अहिले हजुरआमा हुन पाएकोमा फुरुक्क परेकी छन्, ’ डेभिसले भनिन् । 

आफ्नो मातृत्व अनुभवबारे बोल्ने क्रममा डेभिसले भनिन् ,‘आमा हुनु भनेको जीवनमा ठूलो परिवर्तन हो, तर फेरी यो एकदम स्वभाविक कुरा पनि हो । फ्रेडीप्रतिको माया शब्दमा भन्न गाह्रो छ । म हरेक पल उसलाई सम्झिरहन्छु । भोली म उसको हरेक पलमा साथ हुन चाहन्छु। ’

आमा भएपछि विश्वविद्यालयको पढाइबारे सोधिएको प्रश्नमा डेभिसले भनिन् ,‘पढाइलाई निरन्तरता दिन अब म स्थानीय विश्वविद्यालयमा ट्रान्सफर हुन्छु । घरबाट नजिक भएपछि बच्चा हेर्दै पढ्न सजिलो हुनेछ,’ उनले थपिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप