बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रशोधित पानी प्रयोग गर्न उद्योग संघको आग्रह

मङ्गलबार, १४ असार २०७९, २३ : ००
मङ्गलबार, १४ असार २०७९

नेपाल बोतल वाटर उद्योग संघले जार तथा बोतलको प्रशोधित पानी प्रयोग गर्न आग्रह गरेको छ ।

सङ्घले आज विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा जार तथा बोतलको पानीमा हैजाको प्रकोप बढेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशोधित पानीको प्रयोग गर्न आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष धुव्र गौतमले सङ्घभित्र आबद्ध उद्योगले खाद्य ऐन, २०२३ संशोधनसहित खाद्य तथा गुणस्तर नियन्त्रण विभागको निर्देशिका २०७४ बमोजिम उद्योग सञ्चालन गर्दै आएको र चौमासिकरुपमा पानीको परीक्षण गराउँदै आएको भन्दै हैजाको प्रकोप बढेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले उद्योगबाट बजारमा बिक्री वितरणका लागि ल्याएको पानीमा खाद्य अनुज्ञापत्र चेकजाँच गरी प्रशोधित पानीमात्र प्रयोग गर्न आग्रह गरेका छन् । सङ्घले नेपालभर सर्वसाधारणलाई समेत सर्वसुलभ मूल्यमा पिउने पानी बिक्री वितरण गरेको भन्दै आम उपभोक्तालाई सोही पानी प्रयोग गर्न आग्रह गरेको छ ।

सङ्घले गुणस्तर नियन्त्रण विभागको निर्देशिका विपरीत कसैले पानी बिक्री वितरण गरेको पाइएमा कारबाही गर्नेसमेत जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप