मदन भण्डारीको ७१ औँ जन्मजयन्तीमा पुरस्कार वितरण
मदन भण्डारीको ७१ औँ जन्मजयन्तीकाे अवसरमा धरानका कृष्ण राई र प्रेरणा माध्यमिक विद्यालय पुरस्कृत भएका छन् । समारोहमा पूर्व प्रधानमन्त्रीको प्रमुख अतिथि केपी शर्मा ओली र मदन भण्डारी फाउन्डेसनका अध्यक्ष उषा किरण भण्डारीले मंगलबार राजधानीको सभागृहमा आयोजित कार्यक्रममा प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रममा फाउन्डेसनका सदस्यहरूलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।
पुरस्कारबाट सम्मानित राईले १७ जना व्यक्तिलाई स्थायी रोजगारीको अवसर सिर्जना गरेका छन् भने ५ जनालाई अस्थायी रोजगारी दिँदै आएका छन् । उनले २०५५ सालदेखि कृषि पेशामा संलग्न रहेको बताए । उनले नयाँ प्रविधिबाट अर्ग्यानिक खेती गर्दै आएको पनि बताए ।
त्यस्तै प्रेरणा माध्यमिक विद्यालय ललितपुरका प्रधानाध्यापक प्रभा चालिसेले सात जनाबाट सुरु गरेको औपचारिक शिक्षा आज यहाँसम्म आउँदा निकै खुसी भएको बताइन् । अहिलेसम्म एसएलसीको २० औँ ब्याचलाई बिदाइ गरेको उनले बताइन् । पुरस्कार वितरण गर्दै ओलीले परिश्रमको फल मिठो हुने बताए । यसै क्रममा प्रमुख अतिथि रहेका ओलीले दिशावोधको अंक १३ को लोकार्पण पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ