
श्रीमतीसँगको विवादमा गोली चलाउने युवक प्रहरी नियन्त्रणमा

श्रीमतीसँग घरायसी विवाद हुँदा एक युवकले रिसको झोँकमा गोली चलाउने युवकलाई पेस्तोलसहित धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित थापाचोकका ३७ वर्षीय मनिष अधिकारी रहेको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका हुन् ।
सोमबार राति मनिषको घरको छतमाथि गोली चलेको सूचना प्राप्त भएपछि प्रहरी टोलीले घटनास्थलमा पुगेर घरको खानतलासी गर्दा भान्छा कोठामा लुकाई राखेको अवस्थामा गोली लोड गरेको म्याग्जिनसहित पेस्तोल फेला परेको उपरीक्षक क्षेत्रीले बताए । पक्राउ परेका अभियुक्त अधिकारीमाथि हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ