शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डाक्टर कुट्ने ट्राफिक प्रहरीलाई कारबाही गर्न चिकित्सक संघको माग

मङ्गलबार, १४ असार २०७९, २१ : ४१
मङ्गलबार, १४ असार २०७९

डा. कुलबहादुर घिसिङलाई कुटपिट गर्ने  ललितपुरका ट्राफिक प्रहरी राजेन्द्र थापालाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । आइतबार संघका आजीवन सदस्य डा. घिसिङ पैदल हिँडिरहेको अवस्थामा थापाको कुटपिटबाट गरी घाइते भएका थिए । 

सुरक्षाकर्मीको आचरण र मूल्य मान्यता विपरीत जिम्मेवार ट्राफिक प्रहरीले चिकित्सकको परिचयपत्र देखाउँदा समेत हातपात गरी स्वास्थ्य सेवा प्रवाहमा समर्पित एकजना जिम्मेवार चिकित्सकलाई घाइते बनाउनु ज्यादै नै लज्जास्पद घटना भएको संघले बताएको छ । विज्ञप्तिमा भनिएको छ, सुरक्षाकर्मीबाट नै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकमाथि यस्ता प्रकारका अस्वाभाविक र गैर मानवीय कार्य हुनुले समग्र राज्यको शान्ति सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ । सुरक्षाको प्रत्याभूतिका लागि समर्पित हुने व्यक्तिले असुरक्षित वातावरण निर्माण गर्नु अत्यन्तै खेद जनक रहेको नेपाल चिकित्सक संघको ठहर छ । 

त्यसैले थापालाई यथाशक्य कानुनी कारबाही गरी घाइते चिकित्सकको सम्पूर्ण उपचार खर्चको भरणपोषण गराउन संघले सरोकारवाला निकाय, स्थानीय सुरक्षा निकाय, गृह मन्त्रालय एवं नेपाल सरकारसमक्ष जोडदार माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप