
भुसभित्र १५० किलो गाँजा

बाँके जिल्ला मातहतको ईप्रका भगवानपुर प्रहरीले मंंगलबार छापा मारेर १५० किलो गाँजा बरामद गरी उक्त अवैध कारोबारमा संलग्न दुई जनालाई पक्राउ समेत गरेको छ । मंगलबार दिउँसो प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डमा खटिएको २० जना प्रहरीको टोलीले जिल्लाको नरैनापुर गाउँपालिका–६, चौबिसे बिगाह दोन्द्रा गरी दुई स्थानमा छापामारी गरी ठुलो परिमाणमा गाँजा बरामद गरेको हो ।
पक्राउ पर्नेमा ५० वर्षीया अनिता मौर्य र ३१ वर्षीय पारस मौर्य छन् । सो स्थानका चार वटा घरमा छापा मार्दा १८ वटा बोरामा भुसभित्र लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको थियो । घटनामा दुई जना फरार रहेको प्रहरी निरीक्षक सुनारले बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ