डिपिएलले मनायो एघारौं वार्षिक उत्सव
डाईनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको एघारौं वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । झापा दमक प्रधान कार्यालय रहेको डिपिएल नेपालको एघारौं वार्षिक उत्सवका अवसरमा मंगलबार बागमती प्रदेशको काठमाडौं, चितवनलगायतका जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो ।
‘पठन संस्कृतिको विकाससँगै सकारात्मक सोच सहितको सु-संस्कृत युवा नेतृत्व’ भन्ने मूल नाराका साथ , डिपिएलका विभिन्न शाखाले रिले पुस्तक वाचन, पुस्तकालयका लागि वार्षिक पुस्तक संकलनका लागी, रक्तदान कार्यक्रम आयोजना गरी मनाएको हो ।
डिपिएलले बागमती प्रदेशमा मात्र नभइ देशका विभिन्न जिल्लामा वार्षिक उत्सवको अवसरमा कार्यक्रम गरेको छ । डिपिएलले झापाको विर्तामोड, कन्काई, गौरादह, दमक, मोरङको विराटनगर, मकवानपुरको हेटौडा, चितवन, काठमाडौं, रुपन्देहीको बुटवल, गण्डकी प्रदेशको पोखरा, अर्घाखाँची लगायतका जिल्लाको बजार क्षेत्रमा सर्वसाधारणलाई समेट्दै ‘ पठन संस्कृतिको विकास’ गर्नका लागि सो कार्यक्रम गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए