बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा अझै संसद चल्न सकेन, सर्वदलीय बैठक पनि बसेन

मङ्गलबार, १४ असार २०७९, २० : ०४
मङ्गलबार, १४ असार २०७९

कर्णाली प्रदेशमा तीन दिनदेखि संसद चल्न सकेको छैन । प्रतिपक्षसँगको ७ बुँदे सम्झौता कार्यान्वयनमा सरकारले बे–वास्ता गरेको भन्दै आइतबारदेखि अवरुद्ध संसद मंगलबार पनि चल्न सकेन । 

संसदको अवरोध हटाउनका लागि मंगलबार सर्वदलीय बैठक बस्ने भनिए पनि संसदीय दलका नेताहरु सबै उपस्थित नभएपछि बस्न नसकेको सरकारका प्रवक्ता विन्दमान विष्टले रातोपाटीलाई जानकारी दिए । उनले भने,‘बजेटको सन्दर्भमा प्रतिपक्षले आफ्ना माग राखेको छ । त्यही विषयलाई लिएर संसद चल्न नसकेको हो । सर्वदलीय बैठकले समस्याको समाधान गर्ने र त्यसपछि संसद चल्छ । सायद, भोली सर्वदलीय बैठक बस्छ ।’

यता प्रमुख प्रतिपक्ष दल एमाले संसदीय दलका सचेतक गुलाबजंग शाहले सरकार आफ्नो कमजोरीलाई पन्छाएर अघि बढ्न खोजेको आरोप लगाए । उनले रातोपाटीसँग भने,‘ हाम्रो प्रमुख माग भनेकै ७ बुँदे सहमति कार्यान्वयन गरिनुपर्छ भन्ने हो । अर्को कुरा सरकारले असार १४ भइसक्दा पनि धमाधम रकम रकमान्तर गरिरहेको छ ।’ शाहले प्रतिपक्षसँग गरिएको सहमति सरकार कार्यान्वयन नगरे संसद चल्न नदिने बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप