बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आफ्नै स्कुल बसले किच्दा विद्यार्थीको मृत्यु

मङ्गलबार, १४ असार २०७९, १९ : ४१
मङ्गलबार, १४ असार २०७९

मोरङको रङ्गेलीमा मंगलबार दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा रङ्गेली–७ का महादेव मण्डलका  ४ वर्षीय  छोरा  रिपिक  मण्डल रहेका छन् । 

उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी रंगेली–६ चोप्राहाका  नरेश मण्डलकी पाँच वर्षीया छोरी सोनमकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् । सोनामको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । 

रङ्गेली–७ स्थित माउण्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले  दिउँसो करिब साढे ३ बजेतिर सोही विद्यालयमा अध्ययनरत बालबालिकालाई किचेको थियो । स्कुल छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा सोही स्कुलको बस अनियन्त्रित  भएर किच्दा विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । आक्रोशित स्थानीयले स्कुलविरुद्ध नाराबाजी गर्दै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । 

आक्रोशित स्थानीयले स्कुलको दुईवटा गाडीमा तोडफोड समेत गरेका छन् । सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले अनुसन्धानका लागि बस चालक र सहचालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप