शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'ह्रस्व दीर्घ'मा दक्षिण भारतीय कलाकार ब्रहमानन्दमकाे इन्ट्री

मङ्गलबार, १४ असार २०७९, १९ : २६
मङ्गलबार, १४ असार २०७९

नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म 'ह्रस्व दीर्घ'मा दक्षिण भारतीय चर्चित कलाकार ब्रहमानन्दम अनुबन्ध भएका छन् । निर्माता समेत रहेकी अभिनेत्री  नीत ढुङ्गानाले सामाजिक संजाल मार्फत ब्रहमानन्दम फिल्ममा भित्रिएको जानकारी गराएकी छन् ।

चन्द्र पन्तको निर्देशनमा बन्ने नेपाली फिल्ममा ब्रहमानन्दम महँगो पारिश्रमिकमा अनुबन्धित भएका हुन् । ब्रहमानन्दम संसारकै सर्वाधिक धेरै फिल्म खेल्ने (ठुलोपर्दामा देखिने) जीवित कलाकारको गिनिज वर्ल्ड  रेकर्ड होल्डर हुन् । तामिल र तेलुगु भाषामा मध्य ८० को दशकदेखि बन्दै आएका प्रायः फिल्ममा उनले लगातार आफ्नो जबरजस्त उपस्थिति देखाउँदै आएका छन् । उनले दक्षिण भारतका स्टार ट्याग पाएका प्रायः सबैजसो अभिनेतासँग काम गरिसकेका छन् । पछिल्लो समय उनि  धेरै अल्लु अर्जुन स्टारर फिल्ममा देखिँदै आएका थिए । ब्रहमानन्दम नेपाली दर्शकमाझ पनि लोकप्रिय छन् ।

यसअघि यो फिल्ममा भारतीय कलाकार (पुष्पाका ‘सिनुभाई’) सुनिल वर्मा, स्टार अभिनेता गजिनी भिलेन प्रदीपराज रावत, दक्षिण भारतका चर्चित कमेडी एक्टर 'अली'समेत अनुबन्धित भइसकेका छन् । फिल्मलाई वलिउड सिनेमाटोग्राफर कवीरलालले छायाँकन गर्दैछन् । 

नेपाल र भारतमा छायाँकन हुने 'ह्रस्व दीर्घ' नीता ढुङ्गाना, हरिहरमा अधिकारी, सरोज खनाल र सलोन बस्नेत लगायत मुख्य भुमिकामा रहनेछन् । मुख्य आगामी  असोजबाट फ्लोरमा जाने बताइएको फिल्मलाई संसारकै ठुलो फिल्म सिटी 'रामोजी स्टुडियो'मा छायांकन गरिने निर्माण टिमले सार्वजनिक गरेकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप