शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्लोभाकिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ

मङ्गलबार, १४ असार २०७९, १९ : ०३
मङ्गलबार, १४ असार २०७९

स्लोभाकिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा गोंगबुस्थित ग्लोबल भिलेज सोर्स प्रालिमा कार्यरत सामाखुशी बस्ने गुल्मी धुरकोटका ३२ वर्षीय ईन्द्र बहादुर पछाईलाई प्रहरीले पक्राउ गरेको छ ।  
    
ईन्द्र बहादुरले स्लोभाकियामा जानको लागि प्रतिव्यक्ति ९ लाख ५० हजार रूपैयाँ लाग्छ र उता पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काममा लगाइदिन्छु मासिक १ लाख ३० हजार रूपैयाँसम्म तलब हुन्छ भनी प्रलोभनमा पारी ३ जना पीडितबाट जम्मा ५ लाख रूपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई गोंगबुबाट पक्राउ गरेको हो । 
    
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप