शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

र्‍यापर सिद्धु मुसेवालाको हत्यापछि अपलोड गरिएको गीत युट्युबले हटायो

मङ्गलबार, १४ असार २०७९, १८ : ५५
मङ्गलबार, १४ असार २०७९

युट्युवले र्‍यापर सिद्धु मुसेवालाको हत्यापछि अपलोड गरिएको एक म्युजिक भिडियो हटाएको छ । सरकारको अनुरोधमा उक्त भाइरल भिडियो हटाएको युट्युबले खुलाएको छ । ‘एसवाइएल’ शीर्षकको गीतले सतलेज–युमुना लिंक नहरको चर्चा गरेको छ । यो नहर लामो समयदेखि मुसेवालाको गृह राज्य पन्जाब र छिमेकी हरयाणाबीचको विवादको केन्द्रमा रहँदै आएको छ । 
गीत मुसेवालाको मृत्युपछि बिहिबार युट्युबमा अपलोड गरिएको थियो । 

गीतले सन् १९८४ मा शिख समुदायमाथि निशाना बनाएर भएको हिंसात्मक दंगा र त्यही वर्ष भारतीय सेना शिखहरुको धार्मिकस्थलमा प्रवेश गरेकोजस्तो संवेदनशिल विषय पनि उठाएको छ । 
आइतबार युट्युबबाट हटाउनुअघि भिडियोमा ३० मिलियन(३ करोड) भ्यु आइसकेको थियो । 

गीतको लिंक खोल्दा ‘यो सामाग्री सरकारबाट आएको कानुनी अनुरोधपछि यो देशको डोमनमा उपलब्ध हुने छैन,’ लेखिएको सन्देश देखिन्छ । गीत भारतबाहेक अन्य देशबाट भने हेर्न मिल्छ । इन्टरनेट अधिकारकर्मी र मुसेवालाको परिवारले सरकारको निर्णयको विरोध गरेका छन् । 
‘सरकारले कहिले गीतविरुद्ध उजुरु गर्यो भन्ने केही जानकारी नै भएन । एक्कासी गीत हटिसकेपछि मात्र मानिसले यसबारेमा थाहा पाए । यो हाई–प्रोफाईल घटना भएकाले बाहिर प्रकाशमा आयो, अधिकाशं अवस्थामा प्रयोगकर्ताले उनीहरुविरुद्ध कदम उठाएको थाहा समेत पाउँदैनन्,’ इन्टरनेट फ्रिडम फाउण्डेसनका नीति निर्देशक प्रतीक बाघ्रेले भने । 

भारतीय इन्टरनेटमा ‘विरोधी आवाज’ निरन्तर खुम्चदै गएको प्रतीकले बताए । 
वास्तविक नाम शुभदिप सिंह सिद्धु रहेका मुसेवाला गत महिना मारिएका थिए । २८ वर्षे र्‍यापर भारत र पन्जाबी डायस्पोराको बाक्लो उपस्थिति रहेको क्यानडा र बेलायतमा लोकप्रिय थिए । 
मुसेवालाको हत्याको अनुसन्धानका लागि प्रहरीले गत साता तीन व्यक्तिलाई पक्राउ गरेको छ ।

मिडिया रिपोर्टका अनुसार पक्राउ परेका व्यक्तिहरुले क्यानडामा बस्ने ग्याङ्स्टर गोल्डी ब्रार र हाल भारतको जेलमा रहेका ब्रारका सहकर्मी लरेन्स बिश्नोईको निर्देशनमा मुसेवालालाई मारेको आशंका गरिएको छ । 
मुसेवालको हत्यापछि भारतको उत्तरी राज्य पन्जाब राज्यमा व्याप्त संगठित अपराधमाथि वहस सुरु भएको छ । 

अफगानिस्तान र पाकिस्तानबाट भारत आउने ड्रग्सको रुट पर्ने भएकाले पन्जाबमा आपराधिक समूहको सक्रियता बढेको विज्ञले बताएका छन् । 

स्रोतः अल–जजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप