मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

‘संघीयता सफल पार्नुको विकल्प छैन’

मङ्गलबार, १४ असार २०७९, १८ : ३६
मङ्गलबार, १४ असार २०७९

संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले संघीयतालाई सफल पार्नुको विकल्प नरहेको बताएका छन् । मंगलवार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै नेता लेखकले संघीयतालाई सफल पार्नुको विकल्प नरहेको बताएका हुन् ।

उनले संघीयता, गणतन्त्र, लोकतन्त्र र समावेशिता संविधानको चार खम्बा रहेको उल्लेख गर्दै कुनै एक खम्बा झिकेर अरु खम्बालाई बचाउन नसकिने बताए । उनले राजनीतिक अस्थिरताका कारण संघीयता कार्यान्वयनमा असर परिरहेको बताए । राजनीतिक अस्थिरताका कारण पार्टी फुट्ने र सरकार परिवर्तन हुने गर्दा प्रदेश सभाहरूले चाहेजस्तो काम गर्न नसकेको उनले बताए ।  

त्यसैगरी छलफल कार्यक्रममा बोल्दै काँग्रेसका नेता तथा राष्ट्रिय सभाका पूर्व सांसद सुरेन्द्रराज पाण्डेले जनताले अपेक्षा गरे अनुसार संघीयताको फल पाउन नसकिएको बताए । उनले दुई तहको संघीयताको बारेमा बहस गर्ने बेला भएको बताए ।  

संविधानसभा सदस्य तथा काँग्रेसका सह–महामन्त्री जीवन परियारले संघीयता विरोधीहरुले संघीयता कार्यान्वयनको प्रक्रियामा भाग लिइसकेकाले संघीयता चाहिँदैन भन्नु असान्दर्भिक भइसकेको बताए । उनले संघीयतामार्फत सुशासन र तिव्र आर्थिक विकास दिन खोजिएको उल्लेख गर्दै त्यसो गर्न नसकेमा संघीयताको मर्मबाट वञ्चित हुने बताए । उनले प्रदेश सरकारलाई प्रभावकारी बनाउने विषय कसैको प्राथमिकतामा नपरेको बताए । उनले संघीय सरकारले प्रदेश र स्थानीय तहमा अधिकार प्रत्यायोजन गर्नुपर्नेमा उनले जोड दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप