शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरी इन्सपेक्टर भुपेन्द्रलाई उत्कृष्ट गीतकारको अवार्ड

मङ्गलबार, १४ असार २०७९, १६ : ५३
मङ्गलबार, १४ असार २०७९

प्रहरी निरिक्षक भुपेन्द्र बुढाथोकीले उत्कृष्ट गीतकारको अवार्ड प्राप्त गरे । ‘दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०७८’ मा उनले ‘धोका माथी धोका’ बोलको गीतबाट आधुनिक गीतकार अवार्ड प्राप्त गरेका हुन् । उनले २०७५ मा पनि उत्कृष्ट गीतकारको अवार्ड जितेका थिए । 

वरिष्ठ गायक अमर बिरही गुरुङ ‘लाइफटाइम अचिभमेन्ट’ सम्मानबाट सम्मानित भएको कार्यक्रममा ‘पत्रकारिता सम्मान’ नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, ‘गीतकार स्रष्टा सम्मान’ बि पाण्डे, ‘दशक स्रष्टा सम्मान’ कारण न्यौपाने, ‘डिजीटल प्रविधि सम्मान’ राजेन्द्र अर्याल, ‘दशक मोडल सम्मान’ सनम कठायत ,‘एक्सेलेन्ट आर्टिस्ट अवार्ड’ लक्ष्मण श्री र ‘सामाजिक महिला अभियन्ता सम्मान’ सरु सुनारले प्राप्त गरे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, सांसद सुजाता परियार, गीतकार सरोज कोइराला, पूर्व वरिष्ठ प्रहरी उपरिक्षक तथा गीतकार मिलन बस्नेत लगायतले सम्मान प्रदान गरेका थिए ।

लोक, पप, आधुनिक र लोकदोहोरी लगायत गीत संगीतका ४४ विधामा अवार्ड वितरण गरिएको कार्यक्रममा प्रकाश सपुत, युवराज मगर, विमल पौडेल, सुरेश लामा, अस्मिता अधिकारी, दिग्गज दौराली, अर्जुन पोख्रेल, प्रमोद खरेल, एलिना चौहान, सन्तोष केसी, रोशन सिंह, राजन राई, अनु अधिकारी, सन्तोष सुनार, बिक्रम पुरुष बुढाथोकी, स्मारिका ढकाल, पुरुष नयन सिंह, प्रिया गोले, बिक्रम चौहान, नेत्र भण्डारी, जानुका तामांङ्ग, परद लामिछाने, श्रीकृष्णबम मल्ल, विमल अधिकारी, ओबी रायमाझी, रुबिन अधिकारी, नवराज उप्रेती, प्रविन भट्ट, सुनिल परियार, दीपेन्द्र तिमिल्सिना, प्रकाश दुतराज, दिशान्ति परियार, बादल घिमिरे, प्रकाश पराजुली, विजय पुन, रविना भण्डारी, विशाल निरौला, मिलन विश्वकर्मा, शम्भु शाही, युबराज मगर, अन्स बर्मा, सुनिता तिमिल्सिना, लक्ष्मण शेष, यज्ञ विक, अजय रेग्मी, सुमित्रा कोइराला, गीत ढुंगाना, विरेन्द्र कुमार बलामी, महेन्द्र गौतम, कृष्ण सापकोटा, प्रेम विवस घर्ती, रक्षा बुढाथोकी, सविन चौहान, सर्मिला रायमाझी, माया पार्धे, मिरा गिरी, इश्वर बाबु, यमुना रसाइली, अंकित न्यौपाने, अनिता बस्नेतले  आआफ्नो विधामा अवार्ड जिते ।

संगीतकार सुरेश अधिकारी, बली भद्र राना, गायक चन्द्र शर्मा, बद्रि पंगेनी लगायतको समेत कार्यक्रममा उपस्थिती रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप