देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली
मङ्गलबार, १३ पुस २०७८, ०९ : ००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गरेका छन् । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा राखेका हुन् ।
उनले भने, ‘देश विदेशका खर्चबाट अभियन्ता भएकाहरु धेरै भेटिन्छन् तर प्रतिफल के निस्कियो, कतिले जीवनस्तरमा परिवर्तन ल्याए भन्ने त्यति बाहिर आएको छैन ।’
उनले अभियानहरू परिणाममुखी, जीवनलाई परिवर्तन दिने खालको हुनुपर्नेमा पनि जोड दिए । ‘अभियान आफू अगाडि लागेर गर्नुपर्दछ । अभियान नवीनता, रुपान्तरण उन्मुख हुनुपर्छ,’ उनले भने, ‘अभियान रचनात्मक, सिर्जनात्मक हुनुपर्दछ र तिनले समाजलाई सकारात्मक प्रतिफल दिनुपर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको किचलो : बजेट निर्माण गर्ने कि सरकार फेरबदल ?
-
डीभीको नतिजा आज, यसरी हेर्नुहोस्
-
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत