वामदेवको उद्घोष : मैले उद्घाटन गर्ने बेलामा नेपाल चकित हुनेछ !
मङ्गलबार, १४ असार २०७९, १६ : २७
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले नेतृत्व गरेको पार्टी आज शिलान्यास मात्रै भएको भन्दै उद्घाटन गर्ने बेलासम्ममा नेपाल नै चकित हुने जिकिर गरेका छन् । उनले कम्युनिस्टहरूलाई एक ढिक्का बनाइछाड्ने उद्घोष गरे ।
‘अब देख्दै जानुस् मैले जुन पार्टीको आज शिलान्याय गरेको छु, मैले उद्घाटन गर्ने बेलामा नेपाल चकित हुने अवस्था सिर्जना हुनेछ’, उनले भने, ‘लाखौँ व्यक्ति यो पार्टीमा गोलबन्द हुनेछन् । म जुन पार्टीमा जानेछु त्यो पार्टी त्यस्तै हुनेछ । विगतमा पनि त्यस्तै भयो । म जहाँ सामेल भएको छु इमान्दारीसाथ काम गरेको छु ।’
उनले ५ वटा पार्टी आफ्नो साथमा रहेको भन्दै अझै ५–७ वटा पार्टीहरू एकतामा आउने प्रक्रियामा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण