शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गैँडाको खाग तस्करी गर्ने पक्राउ

मङ्गलबार, १४ असार २०७९, १६ : २४
मङ्गलबार, १४ असार २०७९

गैँडाको शिकार गरी खागको खरिद/बिक्री तथा ओसारपसारमा संलग्न सागर प्रजा भनिने विन्दर सिंह प्रजालाई प्रहरीले पक्राउ गरेको छ । 

चितवनको कालिका नगरपालिका वडा नं. ११ साबिक सिद्दी गा.वि.स. वडा नं. ३, सैपाङ बासघारी घर भई हाल जिल्ला तनहुँ व्यास गाउँपालिका वडा नं. ११, मुलपानी बस्ने ५२ वर्षीय प्रजालाई मकवानपुरको हेटौँडाबाट प्रहरीले पक्राउ गरेको हो । 

उनी संरक्षित वन्यजन्तु गैँडा शिकार गरी त्यसको खाग राख्ने, खरिद/बिक्री तथा ओसारपसार गरेको मुद्दा लगायत अन्य मुद्दामा समेत प्रतिवादी भई फरार रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप