बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नाइट आउटमा जाने तयारी गरिरहेकी २० वर्षीया छात्राले शौचालयमा छोरा जन्माइन्, गर्भवती भएको पत्तो नै पाइनन्

मङ्गलबार, १४ असार २०७९, १६ : २४
मङ्गलबार, १४ असार २०७९

युनिभर्सिटीकी विद्यार्थीले आफू नाइट आउटमा जानु अघिल्लो रात शौचालय गएका बेला बच्चा जन्माउँदा ‘सपनामा छु कि विपनामा’ भन्ने सोचेकी थिइन् ।

जेस डेभिस अचानक सुत्केरी भएको भोलिपल्ट २० वर्ष पुगिन् । उनलाई आफू गर्भवती भएको पत्तै भएन । अनियमित महिनावारी हुने भएकोले आफूलाई पेट दुखेको होला भन्ने सोचिन् ।

ब्रिस्टोलकी इतिहास र राजनीतिकी विद्यार्थी उनीमा गर्भावस्थाको कुनै पनि लक्षण देखिएको थिएन न नै उनका पेट पुटुक्क बाहिर निस्किए ।

इन्डिपेन्डेन्टका अनुसार डेभिसले आफ्नो छोरा फ्रेडी ओलिभर डेभिसलाई जुन ११ तारिखमा स्थानीय समयानुसार पौने पाँच बजे जन्माएकी हुन् । उनी जन्मिँदा २ किलो ४ ग्रामका थिए । छोराको जन्मपछि आमाको कर्तव्यमा उनले आफूले आफैँलाई क्रमशः ढाल्दैछिन् ।

यी नयाँ आमा, युनिभर्सिटी अफ साउथ्याम्पटनको दोस्रो वर्षमा अध्ययनरत छिन् । उनले भनिन्, ‘मेरो महिनावारी सधैँ नै अनियमित हुने गर्दथ्यो । त्यसैले मैले यसलाई खासै वास्ता गरिनँ ।’

उनी थप्छिन्, ‘कहिलेकाँही रिँगटा लागेको जस्तो हुन्थ्यो । तर त्यति नै बेला मैले नयाँ प्रेस्क्रिप्सनमा औषधी सेवन गर्न थालेकी  थिएँ, त्यसैले औषधीका कारण त्यस्तो भएको होला भन्ने सोचेँ ।’

‘ऊ जन्मिनु मेरो जीवनको सबैभन्दा ठूलो झट्का हो । सुरुमा त सपना देखिएको छु कि जस्तो पनि लागेको थियो,’ उनले भनिन् ।

‘ऊ नरोएसम्म खासमा के भइरहेको छ भन्ने पनि भेउ पाउन सकिरहेको थिइनँ ।’

‘अब म परिपक्व हुनुपर्छ है भन्ने कुरा तत्काल मेरो दिमागमा आयो । सुरुवाती झट्काबाट बाहिर निस्कन र छोरासँगको बन्डिङका लागि मलाई केही समय त लाग्यो तर अहिले म असाध्यै खुसी छु ।’

‘ऊ असाध्यै ‘चिल्ड’ बेबी हो । वार्डभरी ऊ सबैभन्दा ज्ञानी बच्चाको रुपमा चिनियो ।’

जुन २२ तारिखमा उनलाई असाध्यै पेट दुखेपछि ब्युँझिइन् । उनलाई लाग्यो ‘महिनावारी पो हुन लागेँ कि ?’ त्यसपछि उनी स्थानीय पसलमा तातो पानीको बोतल किन्न हिँडेर गइन् ।

उनले भनिन्, ‘म हिँड्नसमेत सकिरहेको थिइनँ । घर पुगेपछि बेडमा समेत पल्टिन सकिनँ ।’

‘भोलिपल्ट मेरो जन्मदिन परेकोले त्यस दिन मेरो मैले हाउस पार्टीको आयोजना गर्न लागेका थियौँ । त्यसैले मैले आफूलाई राहत दिन नुहाएँ, फ्रेस हुन्छ कि भन्ने लागेको थियो तर दुखाई त बढेको बढ्यै थियो ।’

डेभिसका अनुसार उनलाई अचानक शौचालय जान मन लाग्यो । उनी शौचालय गएपछि बसिन् र कन्न थालिन् ।

‘म बच्चा जन्माउँदैछु भन्ने महसुस नै भइरहेको थिएन तर मैले कन्नु पर्छ भन्ने चाहिँ महसुस भइरहेको थियो,’ उनले भनिन् । ‘एक समय त मेरो योनी च्यात्तिएको जस्तो महसुस भयो तर के भइरहेको छ, अझैसम्म पनि थाहा थिएन ।’

‘मलाई यहाँबाट केही निकाल्नु छ भन्ने मात्रै थाहा थियो । ऊ रोएको र खासमा के भएको हो भनेर थाहा पाउनु मेरो लागि अपत्यारिलो थियो ।’

डेभिस त्यतिबेला घरमा एक्लै थिइन्, अब के गर्ने उनलाई थाहा थिएन । उनले आफ्ना मिल्ने साथी २० वर्षकी लिभ किङलाई फोन गरिन् ।

सबैकुरा सुनेपछि किङले आफ्नी साथीले नाइट आउटमा नजान बहाना बनाएकी होलिन् भन्ने सोचिन् र ‘त्यस्तो भएको भए एम्बुलेन्स बोलाऊ न त’ भनेर सुझाइन् । डेभिसले नवजात शिशुको फोटो पठाएपछि मात्रै किङले विश्वास गरिन् ।

त्यसपछि डेभिसलाई प्रिन्सेस एनी अस्पतालमा लगियो  जहाँ फ्रेडीलाई इन्कुबेटरमा राख्नका लागि दौडाइयो ।

डाक्टरले फ्रेडी ३५ हप्तामा जन्मिएका हुन् कि भन्ने विश्वास गर्छन् । तर फ्रेडीको नाटकीय आगमनपश्चात् उनी र उनकी आमाको स्वास्थ्यमा निकै सुधार आइरहेको छ ।

फ्रेडीको जन्मिएको खबर किङले डेभिसकी आमालाई दिइन् । उनले किङलाई फोन गरेर ‘तिमी त्यहाँ बसिरहेकी छौ’ भनेर सोधिन् ।

भाग्यवश, डेभिसकी आमा निकै सहयोगी साबित भइन् । हजुरआमा बन्न पाउँदा उनी खुसीले गद्‌गद् भइन् ।

‘मेरी आमा संसारकै उत्कृष्ट हुनुहुन्छ । उहाँले मलाई असाध्यै सपोर्ट गर्नुभयो । हजुरआमा बन्न पाउँदा उहाँ कति दङ्ग हुनुहुन्छ,’ डेभिसले भनिन् ।

‘आमा बन्नु जीवनको सबैभन्दा ठूलो परिवर्तन हो । तर यो प्राकृतिक पनि हो जस्तो लाग्छ,’ उनले भनिन् ।

‘फ्रेडीका लागि मेरो माया र भावना कस्तो र कति छ भनेर म बयान गर्न सक्दिनँ तर यो अविश्वसनीय भने छ ।’

‘म चौबिसै घण्टा उसकै बारे सोच्छु ।’

‘मैले मेरो पढाई स्थानीय विश्वविद्यालयमा नै सार्न लागेकी छु । म मेरो घर नजिकै हुनेछ जसका कारण बच्चा हुर्काउन मलाई सहज हुनेछ ।’

उनले थपिन्, ‘ऊ हुर्किएको हेर्न चाहन्छु र हरेक कदममा उसका लागि उपस्थित हुनका लागि म उत्सुक छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप