बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘के घर के डेरा’ इन्डक्ल्याप

मङ्गलबार, १४ असार २०७९, १६ : ०३
मङ्गलबार, १४ असार २०७९

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को छायांकन सकिएको छ । फिल्मको मंगलबार (आज) बाट छायांकन सकिएको हो ।

निर्देशक खनालले सामाजिक संजाल मार्फत फिल्मको इन्डक्ल्याप गरिएको जानकारी दिएका छन् । फिल्मको छायांकन ३३ दिनमा सकिएको हो । काठमाडौंमा विभिन्न स्थानमा गरिएको फिल्म छ ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । 

फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकार मुख्य भूमिकामा छन् । युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्मको निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् । सिंगे लामाको कथा रहेको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । यही वर्ष रिलिज हुने बताइएको फिल्ममा दीर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, सुव्रतराज आचार्य र डीपी खनालको गीत छ भने दिर्घ खड्काको सम्पादन रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप