पदलोलुप र परिवारवादको प्रश्नमा वामदेवले दिए प्रष्टीकरण
पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूमाथि पदलोलुप र परिवारवादको आरोप लागेको भन्दै त्यसमा कुनै सत्यता नभएको बताएका छन् । राजधानीमा नयाँ पार्टी घोषणा समारोहमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै गौतमले आफूले पदमा बसिरहने तीव्र आकांक्षा पुरा गर्नका लागि पार्टी खोल्न नलागेको बताए ।
यस्तै परिवारका सदस्यलाई केन्द्रीय सदस्य बनाए पनि गलत प्रचार भएको जिकिर गरे । ‘दुबै आरोप सत्य होइन । पार्टीमा हुनुहुन्छ मेरो श्रीमती र छोरा । तर मेरो परिवार कम्युनिष्ट आन्दोलनमा छ’, उनले भने, ‘मेरो, आमा, भाइबैनी सबै जति छन् मेरा सन्तान ती सबै आन्दोलनमा लागेका छन् । आज होइन कठिन परिस्थितिमा आन्दोलनमा थिए ।’
उनले आफू ७ वर्षको उमेरदेखि कम्युनिस्ट आन्दोलनमा समाहित गरेको भन्दै आज ७३ वर्ष हुँदा पनि कम्युनिस्ट आन्दोलनको विकासकै लागि लागेकाले पदलोलुपताको आरोप लगाइनु गलत भएको बताए । ‘म व्यक्तिगत इच्छा पुरा गर्न छाडेर कम्युनिस्ट आन्दोलनको विकासका लागि पूर्णकालीन भएर भूमिगत हिँडेको थिएँ’, उनले भने, ‘कठिन परिस्थितिमा पार्टी निर्माण गरेको छु । मैले पार्टीको जग हालेको ठाउँमा धेरै ठूला नेता पैदा हुनुभएको छ । गण्डकीभन्दा पश्चिममा मैले जिम्मेवारीमा रहँदा नयाँ क्रान्तिकारी वा त्यसबेलाको नेकपा मालेको जग हालिएको थियो । मैले कुनै कम्पनी खोलेर, कुनै व्यवसाय गरेर आफ्नो व्यक्तिगत लाभ पुरा गर्न आफूलाई लगाएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण