शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी  रूपमा सञ्चालनमा

मङ्गलबार, १४ असार २०७९, १५ : १९
मङ्गलबार, १४ असार २०७९

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्ध बाबामा पहिरो खसेर अवरुद्ध भएको सडक अहिले एकतर्फी रूपमा सञ्चालन आएको छ । एकतर्फी रूपमा सञ्चालन भएपछि बिहानैदेखि  रोकिएका यातायातका साधन गन्तव्यतर्फ लागेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्ध बाबा नजिकै ठुलो पहिरो खसेको छ । सँगसँगै सडकमाथिबाट पानीको ठुलो छहरा खस्दा सवारी साधनहरू प्रभावित भएका थिए। 
प्रहरीले सडक दुईतर्फी रूपमा पनि सञ्चालनमा ल्याउने प्रयास  गरेको जनाएको छ  । सिद्धबाबा वर्षा हुनासाथ लगातार पहिरो जाने गर्छ- जसले गर्दा बुटवलबाट पाल्पा, गुल्मी  जाने र आउने  सवारी चालकहरूलाई सास्ती हुने गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप