डुबानका कारण विराटनगरका १५ सय घर परिवार विस्थापित
मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण विराटनगरमा सयौँ घर परिवार विस्थापित भएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले दिएको जानकारी अनुसार विराटनगरको वडा नम्बर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन् ।
यस्तै सुन्दरहरैचा ६ गछिया खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा ६ कै ५८ वर्षीय रामबहादुर विक हुन् ।
दाहालले दिएको जानकारी अनुसार सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकाका कतिपय वस्तिहरु पनि बाढीका कारण कटान र डुबानको समस्यामा परेको बताए ।
जसका कारणले सयौं घर परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्धार र राहतको काम अहिले पालिकाहरुले गरिरहेको र जिल्ला प्रशासन कार्यालयले दैवि प्रकोप उद्धार समितिको आकस्मिक बैठक बोलाएको उनले बताए ।
‘हामीले पनि आवश्यक राहत सामाग्री त्रिपाल तथा खाद्यान्नहरूको व्यवस्थापन गरिरहेका छाैं,’ दाहालले भने, ‘दिउँसो ३ बजेका लागि जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठक राखिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण