शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्व : दिनानाथ शर्मा

मङ्गलबार, १४ असार २०७९, १५ : ०३
मङ्गलबार, १४ असार २०७९

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताएका छन् । मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् ।

उनले ४/५ महिनामा कुनैपनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताए । शर्माले ३÷४ महिनामा पालो पु¥याउनका लागि मात्रै मन्त्री बनाउने काम नगरी देश र जनताको विकासका लागि काम गर्न आवश्यक रहेको बताए । उनले यस किसिमका पालो पु¥याउनका लागि मात्रै मन्त्री बनाउने संस्कृतिलाई दुरुत्साहित गर्न आवश्यक रहेको बताए ।

सदस्य शर्माले समाजवादीले मन्त्री फेर्ने निर्णय जनतालेसमेत स्वीकार नगरेको भएपनि मन्त्री फेर्न पाउने अधिकार पार्टीलाई भएको बताए । उनले नेकपा (माओवादी केन्द्र) मा भने मन्त्री हेरफेर सम्बन्धी कुनै छलफल नभएको बताए । शर्माले आगामी निर्वाचनसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै गठबन्धनलाई व्यवस्थित र सुदृढ गर्न आफूहरु लागिपरेको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप