कैलाली र कञ्चनपुरमा विभिन्न घटनामा पाँच जनाको मृत्यु
कैलाली र कञ्चनपुरमा विभिन्न घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । चट्याङ तथा डुबानमा परेर दुवै जिल्लामा गरी पाँच जनाको मृत्यु भएको र तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
कैलालीको कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने पर्नुराम चौधरीको श्रीमती वर्ष ५६ की सुगपंखी देवी चौधरीको चट्याङले मृत्यु भएको छ । घर नजिकै खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर घाइते भएकी उनको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलारी गाउँपालिका ३ बस्ने ३२ वर्षीय धनीराम चौधरी र सोही गाउँपालिका वडा नम्बर ४ बस्ने ३४ वर्षीय कृष्ण चौधरी चट्याङ लागेर घाइते भएका छन् । आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका उनीहरुलाई आफन्तले उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्य छ ।
कैलालीको लम्की चुहा नगरपालिका–८ मलभङ्गा बस्ने लालबहादुर बिष्टकी छोरी ७ वर्षीय आश्रिया बिष्ट र सोही ठाउँ बस्ने भिम बहादुर कुवँरकी छोरी ६ वर्षीय भावना कुँवरको सोमबार साँझ डुबेर मृत्यु भएको छ । सोही ठाउँस्थित बडिमालिका इँटाभट्टाको पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा खसेर उनीहरु डुबेको प्रहरीको भनाइ छ ।
मंगलबार बिहानै कञ्चनपुरका तीन जनाको चट्याङमा परी मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका ५ बस्ने वर्ष ४८ का पुनाराम चौधरीको पनि चट्याङले मृत्यु भएको छ ।
कैलालीको गोदावरी नगरपालिका ३ मालाखेती रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाई गर्न गएका उनको बिहान परेको चट्याङले मृत्यु भएको हो ।
यस्तै पुनर्वास नगरपालिका–८ मा चट्याङ लागेर सालिभान थापाकी श्रीमती शारदा थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । खेतमा काम गर्दा गर्दै चट्याङ लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्वासले जनाएको छ ।
पुनर्वास नगरपालिका–६ प्रतिभानगरका अन्दाजी ३६ वर्षीय देवेन्द्र श्रेष्ठको पनि चट्याङ लागेर मृत्यु भएको छ । मङ्गलबार बिहान आएको वर्षासँगै चट्याङ लागेर घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।
यसैगरी चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका–९ की ३० वर्षीय बजलिया राना घाइते भएकी छन् । उनको इसान अस्पताल गुलरियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी
-
आर्थिक क्रान्तिका पाटाहरूमा समेत नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने शर्माको विश्वास
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने