राजनीति

एमालेले कैलाली जिल्ला अध्यक्षलाई जिम्मेवारीबाट हटायो

person explore access_timeअसार १४, २०७९ chat_bubble_outline0

नेकपा एमालेले पार्टीका कैलाली अध्यक्ष रतन थापालाई जिम्मेवारीबाट हटाएको छ । सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले अध्यक्ष थापालाई अनुशासनको कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचनमा जिल्लामा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै उनलाई अध्यक्ष पदबाट हटाइएको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।  उनको साधारण सदस्य भने कायमै रहनेगरी निर्णय भएको छ । 


‘प्राप्त भएका सिफारिश, प्रमाण तथा दस्तावेजहरूलाई मध्यनजर गर्दा कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाले पार्टीको विधानको धारा ८० को १, २, ३, ४, ५, ६, १२ र १३ बमोजिमको गम्भिर प्रकृतिको अनुशासनको उल्लंघन गरेको बैठकले ठहर गरको छ’ पाठकले भने । 



पार्टीका कैलाली जिल्ला इन्चार्ज नारदमुनि रानाले प्रदेश कमिटीमा गरेको अनुशासन कारबाहीको सिफारिश तथा प्रदेश कमिटीमा सिफारिस साथ प्राप्त भएका तथ्य, प्रमाण तथा दस्तावेजहरूको अध्ययनपछि सो निर्णय गरेको उनको भनाइ छ । 



पार्टीको जिल्ला अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिबाट गम्भीर प्रकृतिको अनुशासनको उल्लंघन भएको बैठकले ठहर गरेको छ । अध्यक्षबाट थापालाई हटाइएपछि रिक्त पदमा बहालवाला उपाध्यक्षलाई कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको उनले बताए ।

‘रिक्त रहेको पदमा पार्टी विधानको धारा ६८ को २ बमोजिम बहालवाला उपाध्यक्षलाई कार्यबाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिएर पार्टी कामलाई अगाडि बढाउन कैलाली जिल्ला कमिटीलाई निर्देशन गर्ने निर्णय गरिएको छ,’ उनले भने ।

उनका अनुसार साउन १५ गतेभित्र जिल्ला अधिवेशन प्रतिनिधि परिषदको बैठक आयोजना गरि जिल्ला अध्यक्ष चयन गरिने छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।