
बोल्ड साम्राज्ञी

पछिल्लो समयकी हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । मिडियाको नजरमा समेत सितिमिती नपर्ने उनी केही समय अगाडि मिडियाबाटै भागेकी पनि थिइन् ।
कहिलेकाहीँ प्रेम सम्बन्धका कारणले पनि मिडियाको गसिप बन्ने गरेकी उनी आफ्नै दुनियाँमा रमाउने गरेकी छन् । उनले पछिल्लो समय अभिनय गरेको फिल्म हो ‘ह्यारी कि प्यारी’ । यो फिल्ममा उनी हास्य कलाकार जीतु नेपालसँगको जोडीको रूपमा देखिँदै छिन् । उनको रिलिज हुन बाँकी फिल्म ‘तिम्रो मेरो साथ’ पनि हो । अब भने उनी फिल्म ‘लण्डन टू पेरिस’ छायाँकन गर्ने तरखरमा छिन् ।
साम्राज्ञी सामाजिक सञ्जाल मार्फत भने फ्यानसँग जोडिने गरेकी छन् । सोही क्रममा उनले बोल्ड तस्बिर समेत शेयर गर्दछिन् । हालै पनि सामाजिक सञ्जालमा उनले दुई बोल्ड तस्बिर राखेकी छन् । जसमा उनी निक्कै सुन्दर र आकर्षक समेत देखिएकी छिन् । लेहेङ्गा पहिरनको उक्त तस्बिरमा फ्यानले रुचाएका छन् । जसमा सकारात्मक प्रतिक्रिया समेत दिएको देख्न सकिन्छ ।
भुवन केसीको फिल्म ‘ड्रिम्स’ बाट अभिनयमा डेब्यु गरेकी साम्राज्ञीले करिब दर्जन हाराहारी फिल्म अभिनय गरेकी छन् । ति मध्य केही मात्र सफल छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ