सप्कोशीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता बढाइयो
सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ । बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको हो ।
नदीको जलस्तर बढ्दो क्रममा रहेसँगै प्रशासनले कोशीको बाँध तथा स्पर र नोज अनुगमनको कार्यलाई समेत निरन्तरता दिएको छ । साथै सम्भावित विपद् आइपरे खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको छ ।
यद्यपी, प्रशासनले नदीको बहाव बढ्दो क्रममा देखिएपनि अहिलेसम्म कहीँ कतै खतरा भने नरहेको जनाएको छ । कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टा यता भने बढ्दो क्रममा छ । पूर्वी भेगमा जारी अविरल वर्षासँगै कोशी नदीको जलस्तर बढ्दो क्रममा देखिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।
पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख २६ हजार ५ सय ५ क्यूसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका १६ ढोका खोलिएका छन् । नदीको बहाव बढ्दो क्रममा रहेपनि सबै तटबन्ध तथा स्परहरु सुरक्षित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले कहीँकतै कटानको खबर नरहेको जानकारी दिए । प्रजिअ यादवले तटीय क्षेत्रका बासिन्दालाई भने सतर्कता अपनाउन आग्रह गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार व्यक्ति युएईबाट पक्राउ
-
सरकारले किन फिर्ता लियो राजनीतिक दलसम्बन्धी विधेयक ?
-
बिर्सेर पनि फ्रिजमा राख्नुहुन्न यी पाँच फल
-
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
-
संसद् भवन प्रवेश गर्ने गेटमा सुरक्षा कडाइ (तस्बिरहरू)