बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘गोर्खा : बिनिथ द ब्रेभरी’ २४ भदौमा रिलिज हुने

मङ्गलबार, १४ असार २०७९, १३ : ०९
मङ्गलबार, १४ असार २०७९

गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ २४ भदौमा रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको ट्रेलर र रिलिज मिति एकसाथ सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई प्रस्तुत गरिएको छ । प्रदीप शाहीको निर्देशन रहेको फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ ।  

फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन्, भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ हुन् । नेपाल प्रदर्शन अगाडि फिल्मको यूके, अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ हुनेछ । नेपालमा फिल्म आरआर फिल्मस् (रोहित–रत्न) ले वितरण गर्नेछ ।

विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्दाञ्जली दिन फिल्म निर्माण गरेको निर्देशक शाहीले बताए । फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन छ । सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप