वामदेवको पार्टीमा खुलेकी तुलसाले भनिन्, 'केपी कमरेडले कारबाही गरे भोग्न तयार छु'
नेकपा एमालेबाट सांसद भएकी तुलसा थापा नेकपा एकता राष्ट्रिय अभियानमा खुलेकी छन् । थापा मंगलबार घोषणा हुन लागेको गौतम नेतृत्वको पार्टीको केन्द्रीय सदस्यमा समेटिएकी हुन् ।
एमालेबाट समानुपातिक सांसद रहेकी उनी आफ्ना श्रीमानको नेतृत्वमा रहेका पार्टीमा खुलेसँगै सांसद पद धरापमा पर्ने देखिएको छ । यहीबीचमा रातोपाटीसँग कुरा गर्दै थापाले आफू तत्कालीन नेकपालाई एक बनाउन लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरे भोग्न तयार भएको प्रतिक्रिया दिइन् ।
‘यो नेकपा एकता राष्ट्रिय अभियान हो । तत्कालिन नेकपालाई एकता गराउने अभियान हो । पार्टी एकता गर्ने भनेर लागेको अभियान हो, यसमा लाग्दा केपी कमरेडबाट कारवाही भए भोग्न तयार छु’ रातोपाटीसँग कुरा गर्दै थापाले भनिन्, ‘हामीले पार्टी फुटाउनलाई होइन कसैलाई गाली गर्नलाई होइन । तत्कालिन नेकपामा भएका सबै नेताहरु मिलेर जानुपर‍्यो भनेर आह्वान गर्ने हो ।’
तीन महिनाभित्र तत्कालिन नेकपालाई जोड्ने उद्देश्यका साथ आफूहरु अघि बढ्न लागेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
