बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा पेस्तोलसहित एक जना पक्राउ

मङ्गलबार, १४ असार २०७९, १३ : ००
मङ्गलबार, १४ असार २०७९

ललितपुरमा पेस्तोल र सोको गोलीसहित एक जना पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका-४ ईमाडोल पिपलबोटबाट १ थान पेस्तोल र सोको २ राउण्ड गोली सहित सोही नगरपालिका-८ लुभु बस्ने ५३ वर्षीय श्याम कृष्ण श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उक्त ठाउँमा पार्किङ गरी राखेको प्रदेश ३-०२-०१५ प ६५४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाई राखेको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको थियो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप