काठमाडौंमा रोहिंग्या शरणार्थीहरुको बिरोध प्रदर्शन
काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अघि रोहिंग्या शरणार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् ।
संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै आन्दोलन गरेका हुन् । विश्वव्यापी घोषणापत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग गरेका छन् ।
म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरिया लगायतका देशबाट नेपालमा शरणार्थीको रुपमा आएका उनीहरुले यूएनएचसीआरले चासो नदिएको गुनासो गरे । यूएनएचसीआरले आर्थिक तथा सामाजिक गतिविधिहरुमा चासो नदिँदा मानव अधिकारको हनन भएको उनीहरुको भनाइ छ ।
प्रदर्शनकारीहरूले सोमबार प्रहरी प्रशासनबाट महिला, बालबालिकाहरु कसैको पर्वाह नगरी लाठी चार्ज गरेर निर्दयको भाव देखाएको बताए । श्रीलंकाबाट नेपालमा आइ शरणार्थीको रुपमा बसोवास गरिरहेका सुरेशकुमार राजेश्वरले २०१५ सम्म सहयोग गरेपनि यूएनएचसीआरले पछिल्लो समय बेवास्ता गरिरहेको बताए । उनले बालबालिकाहरूलाई निजी विद्यालयमा बढ्नबाट वञ्चित गरेको र बस्न पनि समस्या रहेकोले यो समस्य समाधान गर्न आफू प्रदर्शनमा आउनुपरेको बताए ।
यूएनएचसीआरले खान, बस्न र बालबालिकाको अध्ययनको लागि आर्थिक सहयोग गर्दै आइरहेपनि पछिल्लो समय सरकारी विद्यालयमा बालबालिकालाई पढाउनुपर्ने र आफूलाई दिइने रकम पनि दिन छोडेको गुनासो गरे।
रोहिंग्या शरणार्थीहरुले बालबालिकाहरुको अधिकार हनन गरिरहेको भन्दै सोमबारबाट बिरोध प्रदर्शन गरिरहेको छ । मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारलाई यूएनएचसीआरले नियमत: पालना नगर्दा आफ्ना बालबालिकाहरूको अधिकार हनन भएको उनीहरुको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ