धनगढीबाट काठमाडौंका लागि पहिलो उडान सुरु

कैलालीको धनगढी विमानस्थलबाट धनगढीबाट काठमाडौंका लागि पहिलो उडान सुरु भएको छ ।
काठमाडौंदेखि धनगढीसम्म पहिलो उडान हुँदै आएकोमा मंगलबारदेखि धनगढीबाट पहिलो उडान सुरु भएको हो । एयरलाइन्स बुद्धले धनगढीबाट पहिलो उडान सुरु गरेको जनाइएको छ । ‘काठमाडौँबाट जहाज आएपछि मात्र यहाँबाट यात्रुहरू काठमाडौँ उड्न पाउँथे । मंगलबारदेखि भने त्यो बाध्यताको अन्त्य भएको छ’ धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले भने ।
पहिलो उडान भर्न सोमबार नै बुद्ध एयरले विमानस्थलमा रात्रीकालिन पार्किङ गरेको थियो। ‘बुद्ध एयरको जहाजले अव हरेक दिन बिहान ६ बजेर १५ मिनेटमा धनगढीदेखि काठमाडौं उडान भर्ने छ’ उनले भने –‘यसअघि विहान काठमाडौंबाट आएर विहान ८ देखि ९ बजेबाट धनगढीदेखि काठमाडौं पहिलो उडान हुने गरेको थियो ।’
मंगलबार पहिलो दिन मौसमको खराबीका कारण ८ बजेर नौ मिनेटमा बुद्ध एयरको जहाजले धनगढीबाट काठमाडौँका लागि उडेको थियो । ७२ सिट क्षमता भएको जहाजमा ६४ जनाले यात्रा गरेको बुद्ध एयर धनगढीका इन्चार्ज बुधराम माझीले बताए ।
पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशन तथा निर्णयपछि बुद्ध एयर लगायतका हवाई कम्पनीले काठमाडौँ भन्दा बाहिरका विमानस्थलबाट मंगलबारदेखि हवाई सेवा सुरु गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबाट किन झस्कियो माओवादी ?
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने