शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

मङ्गलबार, १४ असार २०७९, १२ : २७
मङ्गलबार, १४ असार २०७९

हेटौंडा उपमहानगरपालिका-४ कमलडाडाँ डेरा गरी बस्ने कुलदीप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको  अवस्थामा ११ जना पक्राउ परेका छन् ।  सोही उपमहानगरपालिका-९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

उक्त ठाउँमा अनलाइन जुवा खेलाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्न प्रयोग भएका बिभिन्न कम्पनीका १ सय ८ थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ सहित पक्राउ गरेको हो । 

हाल फरार कुलदीप पाठकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप