शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भलिबलको फ्रेन्चाइजी लिग प्रतिस्पर्धा बिनै बिक्री

मङ्गलबार, १४ असार २०७९, १२ : १९
मङ्गलबार, १४ असार २०७९

महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजनाको जिम्मेवारी नेपाल भलिबल संघले प्रतिस्पर्धा विना नै नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनी (एनएसइएम)लाई दिएको खुलेको छ । पछिल्लो समय नेपाली खेलकुदमा सार्वजनिक खरिद ऐन बिपरित क्रिकेटको फ्रेन्चाइजी लिग बेचेको चर्चा चलिरहेको समयमा भलिबल लिग पनि प्रतिस्पर्धा विना नै बेचेको खुलेको हो । 

नेपाल भलिबल संघले दश वर्षसम्मका लागि एनएसइएमलाई दिएको थियो । फ्रेन्चाइजी लिगको आयोजनाको जिम्मेवारी लिएको एनएसइएमले वार्षिक रुपमा एनभीए लिग आयोजना गर्न ३० लाख रुपैया दिने बताएको थियो । 
यतिमात्र होइन एनएसइएमले नेपाल भलिबल संघलाई भलिबल लिगबाट नाफा भएको ३० प्रतिशत दिने बताएको छ । पहिलो पटक फ्रेन्चाइज फम्र्याटमा आयोजना हुन लागेको प्रतियोगिताका महिला तथा पुरुष दुबैको प्रतियोगिता हुने भएको हो । 
एनएसइएमका सीईओ सुदिप शर्माले आफूहरुले पहिलो पटक आयोजना भएको प्रतियोगिता भएकाले भलिबललाई सहयोग पुग्ने ढंगले लिएको बताए । उनले दश वर्षसम्म भलिबल विकासमा योगदान दिने हिसावले लिएको बताए । 
‘दश वर्षसम्म भलिबलको विकास गर्ने हिसवाले लिएका हौं । यसमा प्रतिस्पर्धा भन्ने कुरा थिएन । पहिलो पटक हुन लागेको प्रतियोगिता भएकाले हामीले चासो देखाएका हौं,’ शर्माले रातोपाटीसँगको कुराकानीमा भने । 

यता नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले आफूहरुले प्रतिपर्धा बिना नै एनएसइएमलाई प्रतियोगिताको आयोजना गर्न दिएको बताए । पहिलो पटक आयोजना हुने प्रतियोगिता भएकाले प्रतिस्पर्धा गर्ने कुरा नभएको बताए । 
‘प्रतिस्पर्धा बिना नै प्रतियोगिता दिएका हौं । पहिलो प्रतियोगिता भएकाले हामीले प्रतिस्र्धा गरेनौं,’ उनले रातोपाटीसँग भने । 

एनएसइएम चौधरी ग्रुप अन्तर्गतकै खेलकुद म्यानेजमेन्टको संस्था हो । एनएसइएमकै आयोजनामा नेपाल सुपर लिग फुटबल प्रतियोगिता आयोजना हुँदै आएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप