
पोखरा महानगरले कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड दिने

पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ ।
यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुट्याइएको छ । उपमेयर मन्जुदेवी गुरुङले स्यानिटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ लाख विनियोजन गरिएको जानकारी दिइन् ।
नगरभित्र रहेका सबै सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गराउने महानगरले जनाएको छ । यस्तै, पोखरा महानगरले सन्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयको भौतिक संरचना निर्माणका लागि तीन करोड ४० लाख विनियोजन गरिएको छ ।
बाल विकास केन्द्रका सहयोगी, विद्यालयका सहयोगी र कर्मचारीका लागि तलब दिन चार करोड ६५ लाख छुट्याइएको छ भने बाल विकास केन्द्रको सवलीकरणका लागि थप एक करोड विनियोजन भएको छ । शिक्षिकहरू प्रसूति विदामा रहँदा सट्टा शिक्षक व्यवस्था गर्ने मेयर धनराज आचार्यले बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ