
हाप्किडोको टोली उज्वेकिस्तान प्रस्थान

उज्बेकिस्तानको फर्गानामा हुन लागेको एसियाली हाप्किडो च्याम्पियनसिप प्रतियोगिता तथा अन्तर्राष्ट्रिय मास्टर सेमिनार २०२२ मा सहभागी हुन नेपाली प्रतिस्पर्धी खेलाडी सहितको टोली मंगलबार प्रस्थान गरेको छ ।
२९ जुन देखि ३ जुलाईसम्म हुने प्रतियोगितामा सहभागी हुन नेपाल मार्सल आर्ट हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्तीमगरको नेतृत्वमा ७ सदस्य टोली उज्जेकिस्तान प्रस्थान गरेको हाप्किडो राष्ट्रिय खेलाडी विजयाकुमारी वाइवाले जानकारी दिइन् ।
प्रतियोगितामा विजया कुमारी वाइवा, भुवन बुढा मगर, प्रवीण गुरुङ, कृती गिरि र गुमान घर्ती मगरले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तथा गण्डकी प्रदेश हाप्किडो सङ्घकी उपाध्यक्ष तारामाया थापा टिम व्यवस्थापक रहेकी छिन् ।
वाइवाले ५२ देखि ५५ केजी उमेर समूहमा प्रतिस्पर्धा गर्दैछिन् । जुलाई १ र २ तारिखमा नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ