शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चट्याङ्ग लागेर रुपन्देहीमा एक जनाको मृत्यु

मङ्गलबार, १४ असार २०७९, १२ : ०४
मङ्गलबार, १४ असार २०७९

मंगलबार विहान रुपन्देहीको सियारी गाउँपालिकामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै  चट्याङ्ग लागेर  जिल्लाको  सियारी गाउँपालिका–२ निवासी ४५ वर्षीय रामनाथ बरहीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार खेतमा काम गर्न गएको बेला विहान साढे ८ बजेको समयमा  चट्याङ्ग लागेर बरहीको मृत्यु भएको  र उनको शव पोष्टमार्टमका लागि अहिले भैरहवाको भीम अस्पतालमा ल्याइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप