
स्वास्थ्यको १२ औं तह बढुवाका लागि डा. मिश्रा र बराकोटीको नाम सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवा गर्न दुई जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले १ नम्बरमा डाक्टर टंकप्रसाद बराकोटी र २ नम्बरमा डाक्टर संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो ।
डा. बराकोटी मेची अस्पतालमा कार्यरत छन् भने डा. मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखामा कार्यरत छन् । प्रमुख विशेषज्ञ डा. भीमसिंह तिंकरीको स्थान खाली भएपछि सो स्थानमा बढुवा गर्नका लागि दुई जनाको नाम सिफारिस गरिएको हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ